पाकिस्तानमा पारिवारिक झगडाले ११ जनाको हत्या
पाकिस्तान । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित ११ व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ ।
पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ ।
खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताएका छन् । परिणामस्वरूप गाडीमा आगो लाग्यो र यसमा सवार सबै जिउँदै जलेका छन् ।
जलेका शवहरू अहिले पहिचान बाहिर भएको उनले बताएका छन् । खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिएका छन् ।
यसै पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ । अर्को स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले घटनाको पुष्टि गरेका छन् । खान इमरान खानको नेतृत्वमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीआईआई) पार्टीका सदस्य थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया