NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दोहोरो अंकले घट्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार बुधबार नेप्से १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा कायम कायम भएको छ ।

आज दुई सय ६६ कम्पनीको ३० हजार ४८५ पटक कारोबारमा ३७ लाख ७७ हजार ४ सय कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३ङ करोड ३७ लाख १९ हजार ९२९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । घटेका उपसमूहरमा सबैभन्दा बढी उत्पादन १.८७ प्रतिशतले घटेको छ ।

अन्य उपसमूहरूमा बैंकिङ ०.६३, विकास बैंक १.२८, वित्त १.४०, होटल तथा पर्यटन १.१४, जलविद्युत १.०३, लगानी ०.५३, जीवन बीमा १.३३, माइक्रोफाइनान्स ०.३३, म्युचल फण्ड ०.१०, नीर्जीवन १.०६, अन्य ०.९७ र व्यापार ०.०३ प्रतिशतले घटेको छ ।

बुधबार मायाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यसपिछ क्रमश: सर्पोट माइक्रोफाइनान्स ६.११, एनएमबी ५० ५.७१, स्वाभिमान लघुवित्त वित्तिय संस्था ३.६३ र इष्टन हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले कमाएका छन् ।

बुधबार बोटलर्स नेपालका लगानीकर्ताले सर्वाधिक ७.६२ प्रतिशतका दरले गुमाएका छन् । त्यसपछि क्रमशः सानिमा ग्रोथ फण्ड ५.८५, धैलागिरी लघुवित्त वित्तिय संस्था ५.३९, मानुषी लघुवित्त वित्तिय संस्था ५.०३ र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ४.१४ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड १९ लाख ९८ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एसियाको ८ करोड २४ लाख ९५ हजार रूपैयाँको कारोबार भयो । त्यसपछि  हिमालय डिष्टिलरीको ४ करोड ५० लाख ५५ हजार, नबिल बैंक ३ करोड ६३ लाख ८७ हजार र शिभम् सिमेन्टको ३ करोड ५५ लाख २७ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।