प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ (पिटिआई) लक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् ।
कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । द्रुत गतिमा रहेको कारमा गोली प्रहार हुँदा इन्धन ट्याङ्कीमा लागेको र तत्काल कारमा आगो सल्किएको सामाजिक सञ्जालमा ‘पोष्ट’ गरिएका भिडियोमा देखिन्छ । कार पूर्णरूमा जलेको छ ।
दुई जना घाइतेलाई उद्धार गरी अस्पताल पु¥याइएको छ । नेता खानको शव परीक्षणका लागि एबोटाबाद जिल्ला सदरमुकाम अस्पतालमा राखिएको छ । आक्रमणमा मारिएका खानले एबोटाबादको हवेलियन तहसीलबाट स्वतन्त्र उम्मेद्वारको रूपमा सन् २०२२ मा खैबर पख्तुनख्वा स्थानीय निकायको चुनाव जितेका थिए ।
केही समयपछि उनी पिटिआईमा आबद्ध भएका हुन् । उनका बुबा मुन्सिफ खान जादुन केपी विधानसभाका पूर्वसदस्य र प्रान्तीय मन्त्री भएका थिए । उनको पनि सन् १९९० को दशकमा हत्या भएको थियो ।
यसैबीच, पाकिस्तानको सैन्य सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) का ब्रिगेडियर मुस्तफा कमल बर्की दक्षिण वजिरिस्तानमा आतङ्कवादीसँग भएको भिडन्तमा मारिएका दैनिक अखबार डनले जनाएको छ । झडमा सात जना सैनिक घाइते भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया