NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

नेप्सेमा गिरावट जारी, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार घटेको नेप्से साताको अन्तिम कारोबार दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार बिहीबार नेप्से १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा कायम कायम भएको छ ।

आज दुई सय ५९ कम्पनीको २९ हजार ६८५ पटक कारोबारमा ४३ लाख ४० हजार २७० सय कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । घटेका उपसमूहरमा सबैभन्दा बढी व्यापार ३.०५ प्रतिशतले घटेको छ ।

अन्य उपसमूहरूमा बैंकिङ ०.६७, विकास बैंक ०.३४, वित्त १.२९, होटल तथा पर्यटन १.३७, जलविद्युत १.४१, लगानी १.२३, जीवन बीमा ०.९६, उत्पादन ०.२२, माइक्रोफाइनान्स १.६७, म्युचल फण्ड १.०५, नीर्जीवन ०.४३ र अन्य १.०५ प्रतिशतले घटेको छ ।

बिहीबार मायाखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसपिछ क्रमश: एशियन हाइड्रोपावर ९.९७, सिदार्थ बैंक ८.३४, बोटलर्स नेपाल ५.२१ र लिवर्टी इनर्जीका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले कमाएका छन्  ।

बिहीबार युनिक नेपालक लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७.४६ प्रतिशतका दरले गुमाएका छन् । त्यसपछि क्रमशः सिर्जनशील लघुवित्त ६.८३, खप्तड लघुवित्त ६.०२, शुभम् पावर ५.७४, र  एनआइसी एशियाका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा एनआइसी एसियाको सर्वाधिक २१ करोड ७४ लाख ६४ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा सिदार्थ बैंकको ८ करोड ३५ लाख ७१ हजार रूपैयाँको कारोबार भएको छ । त्यसपछि  हिमालय डिष्टिलरीको ४ करोड ४५ लाख ६३ हजार, नबिल बैंक ३ करोड ८४ लाख ६९ हजार र शिभम् सिमेन्टको ३ करोड ७१ लाख ३९ हजार रूपैयाँको कारोबार भयो ।

ताजा अपडेट

नेपालवाच विशेष