NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गौतम अडानीपछि हिंडनवर्गको निशानामा ट्विटरका सह-संस्थापक कम्पनी, यस्तो छ आरोप

एजेन्सी । अमेरिकी सर्ट सेलर फर्म हिंडनबर्ग रिसर्चले भारतीय उद्योगपति गौतम अडानीपछि टेक्नोलोजी फर्म ब्लक इंकलाई निशाना बनाएको छ । उक्त कम्पनीमाथि हिंडनबर्ग रिसर्चले गम्भीर आरोप लगाएको छ ।

बिहीबार मात्रै हिंडनवर्गले नयाँ खुलासा गर्नेबारे ट्वीटरमार्फत संकेत गरेका थिए । त्यसलगत्तै हिंडनवर्गले ट्वीटरमार्फत नै टेक्नोलोजी फर्म ब्लक इंकमाथि धेरै गम्भीर आरोप लगाएको छ।

हिंडनवर्गको रिपोर्टअनुसार ज्याक डोर्सीको नेतृत्वमा रहेको कम्पनीका ब्लक इंकले ठगीपूर्वक आफ्ना प्रयोगकर्ताहरूको संख्या बढाएको आरोप लगाएको छ । अडानी ग्रुपमाथि हिंडनबर्ग रिसर्चले  यसभन्दा २ महिनाअघि धोखाधडी र स्टक हेरफेरको आरोप लगाएको थियो, जसको असर कम्पनीले भोग्नुप-यो । पछिल्ला दिनमा भने अडानी ग्रुपको सेयरमा वृद्धि हुँदै गएको छ ।

यो खबरपछि ब्लक इन्कको शेयरमा ठूलो गिरावट आएको छ । कम्पनीको सेयर २० प्रतिशतसम्म घटेको छ । हिन्डनबर्गको वेबसाइटमा प्रकाशित रिर्पोटमा ब्लक इंकबारे लामो अनुसन्धान चलिरहेको जनाइएको छ । विगत दुई वर्षको अनुसन्धानले कम्पनीले व्यवस्थित रूपमा जनसांख्यिकीय फाइदा उठाएको निष्कर्ष निकालेको छ । प्रतिवेदनका अनुसार ब्लकले लगानीकर्तालाई झुक्याएर तथ्यसँग खेलवाड गरेको आरोप छ ।

सामाजिक सञ्जाल ट्विटरका सह-संस्थापक ज्याक डोर्सीले २००९ मा ब्लक इंकको स्थापना गरेका थिए।

यो कम्पनी टेक्नोलोजीबाट लेखिएको छ । ब्लॉक इंकलाइ पहिले स्क्वायर (स्क्वायर) नामले चिनिन्थ्यो । कम्पनीको बजार पूंजी लगभग $ 44 बिलियन छ।