के दीपिका र रणवीरको सम्बन्धमा दरार आएको हो ?

एजेन्सी । बलिउडमा सर्वाधिक रूचाइएको जोडिमध्ये पर्छन् अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह । अवार्ड कार्यक्रम होस् या अन्तर्वार्ता रणवीरले दीपिकाको तारिफ गर्न कुनै पनि मौका बाँकी राख्दैनन् ।
पछिल्लो समय भने यी दुईबीच सम्बन्धमा समस्या आएको बलिउड सञ्चार माध्यमहरूले जनाउन थालेका छन् । यही चर्चाबीच एउटा भिडियो भाइरल बनेको छ । जसमा रणवीरले हात समात्न खोज्दा दीपिकाले ‘इग्नोर’ गरिदिएकी छिन् । उक्त भिडियोले उनीहरूको सम्बन्धबारे चलिरहेको चर्चालाई थप बल पुर्याएको छ ।
दीपिका पादुकोण र रणवीर सिंह हालै इन्डियन स्पोर्ट्स अनर्स अवार्ड २०२३ मा पुगेका थिए । जसको भिडियो सार्वजनिक भएको हाे ।
त्यस भिडियोमा रणवीरले दीपिकाको हात समात्न खोजिरहेका छन् तर अभिनेत्रीले उनलाई बेवास्ता गरेको देखिन्छ । दीपिकाको यस्तो व्यवहार देखेर मानिसहरूले यी दुईबीच केही गडबड भएको अड्कल काटेका हुन् ।
प्रतिक्रिया