एमाले कमजोर भए विकास र समृद्धि हासिल हुँदैन : उपाध्यक्ष पौडेल
जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा आयोजित धनुषा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताए ।
“हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ तर एमाले एक्लो छैन । अर्को चुनावमा एकल बहुमत ल्याउने गरी आजैदेखि हामी जुटिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भने ।
एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले मिसन ग्रासरुट अभियानको पहिलो प्राथमिकता सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माण रहेको बताए । एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेत्री जुली महतोलगायतले आआफ्नो धारणा राखे ।
ताजा अपडेट
-
बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड संकलन
-
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा
-
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
-
भदौभित्रै कृष्णभीर सडक सञ्चालनमा ल्याउने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र
-
ग्यास उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा


प्रतिक्रिया