NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रहरीको आन्तरिक सुदृढीकरण प्राथमिकतामा छ : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिएका हुन् । प्रहरीमा सुधारको आवश्यकता रहेको औंल्याउँदै विगतका त्रुटीहरू नदोहोर्याउने उनले प्रतिबद्धता जनाए ।

‘आन्तरिक सुदृढीकरण मेरो प्रमुख लक्ष्य हो । प्रहरी संगठनमा भएका विगतका त्रुटीहरू सुधार गर्ने प्रतिबद्धता जनाउँछु’, उनले भने  महानिरिक्षक कुँवरले मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर अघि बढ्ने बताए ।