नेप्सेमा २६ अंकको गिरावट, लघुवित्तको सेयरमा नकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आइतबार नेप्से २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा कायम भएको छ ।
आज दुई सय ५९ कम्पनीको ३२ हजार १६८ पटक कारोबारमा ३७ लाख ५४ हजार ३३४ सय कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रूपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ ।
घटेका उपसमूहरमा सबैभन्दा बढी म्युचल फण्ड ४.७७ प्रतिशतले घटेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ १.४५, विकास बैंक १.४७, वित्त १.१७, होटल तथा पर्यटन ०.६१, जलविद्युत ०.९४, लगानी ०.९९, जीवन बीमा ०.८९, उत्पादन २.०१, माइक्रोफाइनान्स ३.८४,नीर्जीवन १.१७, अन्य ०.२८ र व्यपार २.०४ प्रतिशतले घटेको छ ।
आइतबार मायाखोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले क्रमश ९.९९र ९.९८ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शन ६.०१, गुराँस लाइफ ४.२६, सिदार्थ इक्युटीका लगानीकर्ताले ३.९० प्रतिशतका दरले कमाएका छन् ।
आज तीन कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुविते र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
महिला लघुवित्त ९.९५ र किसान लघुवित्तका लगानीकर्ताले ८.८१ प्रतिशतका दरले गुमाएका छन् । आइतबार कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक ८ करोड ६२ लाख ८८ हजार ३४१ रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एसियाको ७ करोड ९५ लाख १९ हजार रूपैयाँको कारोबार भयो ।
त्यस्तै नेष्टो समृद्धको ७ करोड ९८ हजार, नबिल बैंक ३ करोड ४७ लाख ५१ हजार र सिभम् सिमेन्टको २ करोड ४५ लाख २० हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया