मेरो सुझावपछि मिटरब्याजपीडित बालुवाटारतिर लाग्नु भो : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजपीडित बालुवाटार पुगेर आन्दोलन गर्नुपर्छ भन्ने आफ्नो कुरामा कन्भिन्स भएको बताएका छन् ।
मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको विषयमाथि सामाजिक सञ्जालमा प्रष्टीकरण सार्वजनिक गरेका उनले आफ्नो सुझावपछि मिटरब्याजपीडित कन्भिन्स भएको र संघीय सरकारलाई दबाब दिन प्रधानमन्त्रीनिवास बालुवाटारतर्फ लागेको बताए ।
‘खुलामञ्चको बिषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने प्रयास शंकास्पद देखिएकाले रोकेको पनि बालेनले प्रष्ट पारे । यसअघि बासका लागि खुलामञ्च प्रवेश गर्न लागेका मिटरब्याजपीडितलाई महानगर प्रहरीले रोकेपछि मेयर बालेनको आलोचना भएको थियो ।
मिटरब्याजपीडितको समस्या समाधानमा स्थानीय तह र प्रदेशले देखाएको उदासीनताले संघीयतामाथि नै प्रश्न उठेको उल्लेख गर्दै बालेनले मन्त्रिपरिषद्बाट निर्णय गराएर यो समस्याको शीघ्र समाधान खोज्न सुझाएका छन् ।
बालेनले प्रष्ट्याए खुलामञ्चमा मिटरब्याजपीडितलाई बास नदिनुको कारण
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया