मेरो सुझावपछि मिटरब्याजपीडित बालुवाटारतिर लाग्नु भो : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजपीडित बालुवाटार पुगेर आन्दोलन गर्नुपर्छ भन्ने आफ्नो कुरामा कन्भिन्स भएको बताएका छन् ।
मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको विषयमाथि सामाजिक सञ्जालमा प्रष्टीकरण सार्वजनिक गरेका उनले आफ्नो सुझावपछि मिटरब्याजपीडित कन्भिन्स भएको र संघीय सरकारलाई दबाब दिन प्रधानमन्त्रीनिवास बालुवाटारतर्फ लागेको बताए ।
‘खुलामञ्चको बिषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने प्रयास शंकास्पद देखिएकाले रोकेको पनि बालेनले प्रष्ट पारे । यसअघि बासका लागि खुलामञ्च प्रवेश गर्न लागेका मिटरब्याजपीडितलाई महानगर प्रहरीले रोकेपछि मेयर बालेनको आलोचना भएको थियो ।
मिटरब्याजपीडितको समस्या समाधानमा स्थानीय तह र प्रदेशले देखाएको उदासीनताले संघीयतामाथि नै प्रश्न उठेको उल्लेख गर्दै बालेनले मन्त्रिपरिषद्बाट निर्णय गराएर यो समस्याको शीघ्र समाधान खोज्न सुझाएका छन् ।
बालेनले प्रष्ट्याए खुलामञ्चमा मिटरब्याजपीडितलाई बास नदिनुको कारण
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया