प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने युवाहरूको मुख थुनिरहेको दृष्य दुःखद र आपत्तिजनक छ : महामन्त्री शर्मा
काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको विरोधमा नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले मुख थुनेकोमा आपत्ति जनाएका छन् ।
मंगरबार सामाजिक सञ्जाल फेसबुकमार्फत लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृष्य दुःखद र आपत्तिजनक छ’, उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका युवाहरूलाई तत्काल रिहा गर्न र गराउनसमेत उनले सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरका तीन जना युवाहरूमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाएको थियो । उनीहरूले पाँच हजार धरौटी तिर्न नमानेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार जेल पठाउन आदेश दिएको थियो । गतहप्ता प्रधानमन्त्री सहभागी भएको एक कार्यक्रममा उनीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले ती युवाहरूको मुख थुनेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया