१२ अंकले नेप्से बढ्दा यी हुन् सर्वाधिक गुमाउने र कमाउने कम्पनी
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगबार नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार सोमबार नेप्से १२.१० अंकले बढेर १९१८.१० विन्दुमा कायम भएको छ ।
आज दुई सय ५८ कम्पनीको ३५ हजार ९२६ पटक कारोबारमा ४० लाख ७७ हजार ७७८ सय कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज तीन उपसमूहबाहेक सबै उपसूचक बढेको छ । घटेका उपसमूहरूमा विकास बैंक ०.४८, वित्त ०.२९ र नीर्जीवन बीमा कम्पनी ०.१२ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरमा सबैभन्दा बढी माइक्रोफाइनान्स ३.४८ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.२८, होटल तथा पर्यटन ०.४४, जलविद्युत ०.२१, लगानी ०.९४, जीवन बीमा ०.३६, उत्पादन १.७५, माइक्रोफाइनान्स १.७५, म्युचल फण्ड २.५३, अन्य ०.६९ र व्यपार ०.९१ प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा सुपर मे हाइड्रोपावर १० प्रतिशत, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ३.१७ प्रतिशतका दरले गुमाएका छन् । मिटेरी विकास बैंक २.१५, बेष्ट फाइनान्सका लगानीकर्ताले २.१० प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा आइएमइ जनरल इन्स्योरेन्सको सर्वाधिक ६ करोड १५ लाख १३ हजार २५३ रूपैयाँको कारोबार भयो । दोस्रोमा हिमालय डिष्टिलरीको ५ करोड ९७ लाख ८५ हजार रूपैयाँको कारोबार भयो ।
त्यस्तै शिभम् सिमेन्ट ४ करोड ९२ लाख ३६ हजार,एनआइसी एशिया ४ करोड ३६ लाख ७३ हजार र ३ करोड ९५ लाख ९७ हजार र अपी पावर कम्पनीको ३ करोड ५२ लाख ४१ हजार रूपैयाँ बराबरको कारोबार भयो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया