NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आज कतिले बढ्यो नेप्से ?

काठमाडौं । आज पूँजीबजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अंकले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अंक कायम भएको छ ।

आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अंकले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव १४, लघुवित्त समूह छ दशमलव ५४ र अन्य समूह सात दशमलव ५८ अंकले बढेको छ । आज उपसूचक घट्नेमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ७९ र व्यापार समूहको उपसूचक १९ दशमलव ०७ अंकले घटेको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव १५, विकास बैंक समूह १५ दशमलव ७८, वित्त समूह पाँच दशमलव ६१, जलविद्युत् समूह एक दशमलव ०९, उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ९३ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०२ अंकले घटेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालीञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ । एनआइसी एसिया लिमिटेडको सबैभन्दा धेरै तीन करोड ५६ लाख ९५ हजार बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा ग्लोबल आईएमई बैंक प्रमोटर शेयर एक लाख पाँच हजार एक सय ५२ कित्ता खरिदबिक्री भएको छ ।