एकीकृत समाजवादीले टुंग्यायो दुई मन्त्रीको नाम, भोलि सरकारमा जाने

काठमाडौं । एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालय बैठकले मन्त्रीमा भुसाल र ज्वालाको नाम टुंग्याएको हो ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको ‘वान टु वान’ भेटवार्तामा दुई मन्त्रीको नाम पठाउने सहमति भएको थियो । बिहीबार सरकारमा जाने तयारी भएको उपमहासचिव ज्वालाले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयको टुंगो लागि नसकेपनि शिक्षा, श्रम तथा रोजगार, भौतिक पूर्वाधारमध्ये दुई मन्त्रालय एकीकृत समाजवादीले पाउने छ । भौतिक पूर्वाधारमा ज्वाला र शिक्षा वा श्रममध्ये एकमा भुसाल जाने तयारी गरेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया