सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर १ लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य एक लाख ८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुन प्रतितोला एक लाख ७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया