विवादास्पद अभिव्यक्ति दिएर रक्षामन्त्रीबाट बर्खास्त भएका भण्डारी मन्त्री बन्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले नेता शरदसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ ।
बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले लोसपालाई एक मन्त्रालय दिने सहमति गरेको थियो । भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
दलहरूबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। २०६८ मा बाबुराम भट्टराईको सरकारमा रक्षामन्त्री रहेका भण्डारीले देश टुक्राउने विवादास्पद अभिव्यक्ति दिएपछि मन्त्रीबाट राजिनामा दिएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया