NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पायोनियर मोटो कर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

काठमाडाैं । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज प्रस्तुत गरेको छ । जुन निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर-सेल्स सेवा भएके कम्पनीले जनाएको छ ।

यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर-सेल्सको प्याकेज भएको कम्पनीको दाबी छ । जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ । यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने तरिकालाई पनि अवलम्बन गरेको छ।

पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गर्दछ । यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँढिएको छ – सिल्भर प्याकेजमा नि:शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन्।

दुबै प्याकेजहरूमा नि:शुल्क २४-घण्टे रोड साइड असिस्टेंस पनि समावेश छ, जसले ग्राहकहरुलाई आपतकालीन समयमा मद्दत गर्दछ। यसका साथै बडि पार्टस् र  शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ। यो सेवा नेपाल अधिराज्य भरी रहेका निसानका सम्पुर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध छ।