मिटरब्याजपीडितलाई न्याय दिन आयोग गठन हुँदै, आइतबारसम्म पूर्णता पाउने
काठमाडौं । मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गर्ने भएकाे छ ।
मिटरब्याजीले ज्यादति गरेर दुःख दिएको गुनासो गर्दै पीडितले न्याय दिन दबाब बढाएपछि सरकारले न्यायिक अधिकारसहितको उच्चस्तरीय समिति गठनकाे तयारी अघि बढाएकाे हाे ।
शनिबार बिहान आफूमाथि भएका ज्यादति सुनाउन पुगेका पीडितलाई सम्बोधन गर्दै प्रचण्डले उजुरी लिएर तत्काल कारबाही गर्न सक्ने अधिकारसहितको समिति गठन गर्न लागिएकाे जानकारी दिए ।
प्रधानमन्त्रीका अनुसार, आयोगको नेतृत्व पूर्वन्यायाधीश वा आयुक्तले गर्नेछन् भने नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता सदस्य रहनेछन् । सदस्यहरूबारे के गर्ने भन्ने छलफलमा रहेको र यसले आइतबारसम्म पूर्णता पाउने उनले बताए ।
आयोगको संरचना हरेक जिल्लामा रहनेछन् ।
खासगरी तराई तथा मधेसका जिल्लामा सुदखोरहरूले गरिबहरूलाई मिटरब्याजको पासोमा पारेर ज्यादति गर्दै आएका छन् । लामो समयदेखि संघर्षरत पीडितहरू न्याय माग्दै केही दिनअघि हिँडेरै काठमाडौं आएर दबाब दिइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया