घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय कायम गरिएको छ । त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा १० रूपैयाँ बढेर एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया