कर्मचारीका समस्या ऐनमा सम्बोधन गराउन भोलि युनियानको बैठक बस्दै
काठमाडौं । संघीय निजामती सेवा ऐनमा कर्मचारीका समस्या सम्बोधन गराउनका लागि भोलि नेपाल निजामती कर्मचारी युनियनको बैठक बस्ने भएको छ ।
युनियनका सचिव कुलप्रसाद भट्टराईले हाल उक्त ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय सम्बोधन नभएको हुँदा यसबारे थप छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।
आफूहरूले उठाएका विषयलाई सम्बोधन नगरिएको भन्दै कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्कारलाई सन्देश पठाएका छन् ।
जसमा पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र दश वर्ष भन्दा बढी सेवा भएकालाई दुई तह वृद्धि गरिदिनुपर्ने उल्लेख छ ।
भट्टराईका अनुसार नासुमात्रै नभएर सबै तहका कर्मचारीको समस्याबारे छलफल हुनेछ । कर्मचारीले उठाएका विषयबारे यसअघि पनि मन्त्रालयसँग छलफल भएपनि हाल जारी भएको मस्यौदामा ती विषयबारे सम्बोधन नभएको उनले बताए ।
हाल उक्त ऐनको मस्यौदा राय सल्लाहका लागि कानुन र अर्थ मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट स्वीकृत भएमा मन्त्रिपरिषद्मा लगेर पारित गराएपछि संसदमा पठाइनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया