NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बारा-२ मा पौडेललाई उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौं । प्रतिनिधिसभाको बारा क्षेत्र नं. २ मा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपनिर्वाचनको उम्मेदवारी दर्ताको समय सुरु हुनु केही घण्टाअगाडि एमालेले त्यहाँ पौडेललाई उतार्ने निर्णय लिएको हो ।

एमालेका एक नेताले वैशाख १० मा हुन गइरहेको बारा २ को उपनिर्वाचनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

पौडेल पूर्वखेलकुद मन्त्रीसमेत हुन् । एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षमा खुलेका उनी पार्टी विभाजनका क्रममा  भने एमालेतिरै रहेका थिए ।

आगामी वैशाख १० गते चितवन २ र तनहुँ १ मा पनि निर्वाचन हुँदैछ । यी क्षेत्रमा भने एमालेले यसअघि नै आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेको छ ।

प्रतिनिधिसभाका चितवन २, बारा २ र तनहुँ १ रिक्त हुन पुगेपछि निर्वाचन आयोगले यही वैशाख १० गते उपनिर्वाचन गर्दैछ । त्यसका लागि उम्मेदवार मनोनयन गर्ने समय आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दिइएको छ ।

उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्तागठबन्धन, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने ठानिएको छ ।