सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय सय कायम गरिएको छ । त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा २० रूपैयाँ घटेर एक हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया