NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंकको ४ शाखा स्थानान्तरण हुँदै, चैत्र २६ देखि नयाँ ठाउँबाट कारोबार

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका ४ शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले २०७९ चैत्र २६ गतेदेखि शाखा कार्यालय, लकर  नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ ।

चार शाखाहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका, ५, जोरपाटीमा संचालनमा रहेको शाखा काठमाडौं, ६ रामहिटीमा स्थानान्तरण हुने भएको छ । त्यस्तै काठमाडौं महानगरपालिका १३, कालीमाटीमा रहेको शाखा कार्यालय नरेफाटमा स्थानान्तरण गर्ने भएको छ । काठमाडौं, चन्द्रगिरी नगरपालिका १४ नैकापमा स्थानान्तरण हुने भएको छ ।

यसैगरी काठमाडौं किर्तिपुर नगरपालिका १, त्याङलाफाँटमा रहेको शाखा काठमाडौं १४, बल्खुमा स्थानान्तरण गरिने भएको छ । पर्सा, विरगञ्ज महानगरपालिका ४, अलखिया रोडमा रहेको शाखा कार्यालय भने विरगञ्ज महानगरपालिका, ८ बिरगञ्ज बाइपासमा स्थानान्तरण हुन लागेको छ ।

बैंकले काठमाडौं, ६ जोरपाटीमा रहेको लकर तथा खाता सेवा भने ०.७ किलोमिटर पर स्थानान्तरण गरिएको छ । कालीमाटीमा रहेको लकर सेवा ०.२ किलोमिटर मिटर पर, बल्खुमा रहेको लकर तथा खाता हालको स्थानबाट २.३किलोमिटर पर र विरगञ्जमा रहेको लकर तथा खाता हालको स्थानबाट २.३ किलोमिटर पर स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

No photo description available.