श्रीलंकाकाे पर्यटक आवागमनमा वृद्धि

कोलम्बो । श्रीलंकाले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ ।
श्रीलंका पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले सन् २०२३ को पहिलो त्रैमासिकमा पर्यटन क्षेत्रमा देखिएको सकारात्मक प्रवृत्तिका कारण एसएलटीडीएले अनुमानमा संशोधन गरेको बताए ।
फर्नान्डोले सन् २०२३ को मार्चका लागि श्रीलङ्काले आफ्नो लक्ष्य पार गरिसकेको र महिनाको पहिलो २८ दिनमा एक लाख १२ हजारभन्दा बढी पर्यटक भित्रिएको बताए । सन् २०१९ पछि पहिलो पटक श्रीलंकाले लगातार तीन महिनादेखि एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको जानकारी उनले दिए ।
श्रीलंकाले यस वर्ष हालसम्म तीन लाख २३ हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । चीनमा बढ्दो उडान र प्रवद्र्धनात्मक प्रयासका कारण चिनियाँ पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको र इजरायलबाट सिधा उडान थप्ने बारे पनि विचार भइरहेको उनले बताए ।
पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक मानिने टापू राष्ट्रको पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण धरासायी भएको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया