NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एकलाख ८ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँच सय रूपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा १० रूपैयाँ बढेर एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।