NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्सेमा निरन्तर पहिरो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । साताको पहिलो कारोबारयता नेप्से घट्ने क्रम जारी छ । मंगलबार नेप्से ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा झरेको छ ।

आज दुई सय ६४ कम्पनीको २३ हजार १७० पटक कारोबारमा २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड ७६ लाख १० हजार २९६ रूपैयाँको कारोबार भएको छ । आज सात उपसमूहको सूचक बढेको छ भने बाँकी समूहको उपसूचक रातो देखिएको छ ।

बढेका उपसमूहरूमा विकास बैंक ०.३१, वित्त ०.१७, होटल तथा पर्यटन ०.१०, जलविद्युत ०.१८, माइक्रोफाइनान्स ०.२३, म्युचल फण्ड ०.०३ र व्यापार ०.१४ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा सबैभन्दा धेरै नीर्जीवन बीमा १.३९ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, लगानी ०.०४, जीवन बीमा ०.८५, उत्पादन ०.०२ र अन्य ०.३१ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा सबैभन्दा धेरै जलविद्युत १.३० प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७५, विकास बैंक ०.९९, वित्त ०.७९, होटल तथा पर्यटन ०.५६, लगानी १.०२, जीवन बीमा ०.५१, उत्पादन १.०४, माइक्रोफाइनान्स १.१५, म्युचल फण्ड ०.९०, नीर्जीवन १.१९ र अन्य ०.५६ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै आज ८.५ प्रतिशत प्रभु बैंक डिवेञ्चर २०८७ का लगानीकर्ताले सर्वाधिक ९.२९ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम् सिमेन्टको सर्वाधिक ३ करोड ३६ लाख ५४ हजार २४६ रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एसिया बैंक लिमिटेडको ३ करोड २८ लाख १४ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै सिदार्थ प्रिमियर इन्स्योरेन्स २ करोड ८६ लाख ९२ हजार, हिमालय कैंक २ करोड ५५ लाख ७५ हजार र हिमालय डिष्टिलरी २ करोड ४८ लाख ७ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।