एकैदिन सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय ५० रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा ४० रूपैयाँ बढेर एक हजार चार सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया