NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रविविरूद्धको उजुरीबारे सोधपुछ गर्दै आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज निर्वाचन अधिकृतको कार्यालय चितवनले सोधपुछ गर्ने भएको छ ।

अमेरिकी नागरिताका त्यागेको प्रमाण पेश गरेको तीन महिना नबित्दै निर्वाचनमा भाग लिन नपाउने भनेर उजुरी परेपछि उनीसँग सोधपुछ हुने भएको हो ।

समय नगुज्रि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएको भन्दै उनीविरूद्ध अधिवक्ता युवराज पौडेलले उजुरी दायर गरेका थिए । विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरेको ३ महिना अवधि पूरा भएपछि मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने संबैधानिक व्यवस्था छ ।

निर्वाचन अधिकृतको कार्यालयले सोधपुछ गरेपछि उक्त प्रतिवेदन निर्वाचन आयोगको कार्यालय लगिने जनाइएको छ ।