सत्तागठबन्धन दलको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्तासाझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले सत्तासाझेदार दलको बैठक बालुवाटारमा अहिले जारी रहेको जनाएको छ ।
१० दलीय गठबन्धनलाई समेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेको सन्दर्भमा सत्तासाझेदार दलको बैठक बसेको हो ।
बैठकको एजेण्डामा न्यूनतम साझा कार्यक्रमलगायत रहेको बताइएको छ । विभिन्न दल मिलेर गठबन्धन सरकार गठन गरेपछि सबैको भावनालाई समेटेर सरकारको साझा नीति तथा कार्यक्रम घोषणा गर्ने प्रचलन छ । तर राष्ट्रपति निर्वाचनपछि बनेको १० दलीय गठबन्धनले अहिलेसम्म आफ्नो साझा कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।
स्रोतका अनुसार, यसबारे टुंगो लगाएर आजै सार्वजनिक गर्ने सत्तासाझेदार दलको तयार छ ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया