NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सत्तागठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तासाझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले सत्तासाझेदार दलको बैठक बालुवाटारमा अहिले जारी रहेको  जनाएको छ ।

१० दलीय गठबन्धनलाई समेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेको सन्दर्भमा सत्तासाझेदार दलको बैठक बसेको हो ।

बैठकको एजेण्डामा न्यूनतम साझा कार्यक्रमलगायत रहेको बताइएको छ । विभिन्न दल मिलेर गठबन्धन सरकार गठन गरेपछि सबैको भावनालाई समेटेर सरकारको साझा नीति तथा कार्यक्रम घोषणा गर्ने प्रचलन छ । तर राष्ट्रपति निर्वाचनपछि बनेको १० दलीय गठबन्धनले अहिलेसम्म आफ्नो साझा कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।

स्रोतका अनुसार, यसबारे टुंगो लगाएर आजै सार्वजनिक गर्ने सत्तासाझेदार दलको तयार छ ।

ताजा अपडेट

नेपालवाच विशेष