एसईईका ५२ जना नक्कली विद्यार्थी पक्राउ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मोरङका विभिन्न परिक्षा केन्द्रबाट ५२ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् ।
बिहीबार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविका एउटै परीक्षा केन्द्रबाट रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
यसैगरी बुधबार केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परिक्षा केन्द्रले दिएको जानकारी अनुसार परीक्षार्थीको प्रवेशपत्रको फोटोमा शंका लागेपछि केरकार गर्दा नक्कली रहेको पुष्टी भएको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया