NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

आइएमई पे र एम बैंक एपबीच सम्झौता

काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंक एपबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंक एपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले  आइएमई पे वालेटमा रकम लोड, सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुने जनाइएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पेमा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको कम्पनीको भनाइ छ। आइएमई पेका देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।