फ्लोरिडाको तटमा विमान दुर्घटना : चार जनाको मृत्यु
भेनिस । फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।
भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ ।
फ्लोरिडाको मत्स्य तथा वन्यजन्तु संरक्षण आयोग, तट रक्षक र सुरक्षाकर्मीको सहायतामा खोजविन गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चार जनामात्र यात्री रहेका पनि प्रहरीको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
गत डिसेम्बरमा पनि भेनिसमा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । छोटो अवधिमा लगभग एकै स्थानमा एकै प्रकृतिका विमान दुर्घटना हुनुलाई नागरिक उड्डयन विभागका अधिकारीहरूले ती दुर्घटनाका बीच केही सम्बन्ध थियो वा थिएन भन्ने निष्कर्षमा तत्काल पुग्न नसकिने बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया