NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पार्टी परित्याग गर्दै समाजवादीका तेस्रो वरीयताका नेता

काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको तयारी गरेका छन् । एमालेसँग पार्टी एकता गर्नुपर्ने पक्षमा खुल्दै आइरहेका न्यौपानेले शनिबार पार्टी परित्यागको घोषणा गर्न लागेका हुन् ।

न्यौपाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनालपछिको वरीयताका नेता हुन् ।

पार्टी परित्यागसम्बन्धी जानकारी दिन न्यौपानेले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

एमालेसँग पार्टी एकता हुनुपर्ने मुद्दा लगातार उठाएका उनलाई समाजवादीले स्पष्टीकरणसमेत सोधेको थियो । पार्टीलाई स्पष्टीकरण नबुझाएका न्यौपानेले पत्रकार सम्मेलनमार्फत त्यसको जवाफ दिने तयारी गरेको बुझिएको छ ।

स्रोतका अनुसार, समाजवादी छाड्ने निश्चित गरेका न्यौपानेको एमाले प्रवेश गर्ने तयारी छ ।

एमालेबाट विभाजित भएर गठित माधव नेपाल नेतृत्वको दललाई नेता, कार्यकर्ता जोगाउन समस्या पर्न थालेको छ । विभिन्न तहका नेताले यसअघि पार्टी त्यागेका भए पनि शीर्ष तहका नेता नै अलग हुन लागेको यो पहिलो घटना हो । यसले स्थापित हुन संघर्षरत समाजवादीको अभियानमा धक्का पुग्ने ठानिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष