मुकुन्द न्यौपानेको दाबी– समाजवादीका दुई तिहाइ मान्छे एमाले फर्कंदैछन्
काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी परित्याग गरेका पूर्वमन्त्री मुकुन्द न्यौपानले सो पार्टीका नेता तथा कार्यकर्ताको ठूलो समूह असन्तुष्ट रहेको र पुरानो पार्टी एमाले फर्कंन लागेको दाबी गरेका छन् ।
स्थापनाकालदेखि नै एकीकृत समाजवादीमा आबद्ध न्यौपानेले शनिबार आयोजित पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन् ।
‘एकीकृत समाजवादीको भविष्य नदेखेपछि देशभरका दुई तिहाइ नेता तथा कार्यकर्ता एमालेमा फर्कंने तयारीमा छन्,’ उनले भने ।
सम्मानजनक स्थान पाए पार्टीका नेता झलनाथ खनालसमेत एमालेमा फर्कंने उनले दाबी गरे ।
उनले अगाडि भने, ‘सम्मानजनक स्थान पाए झलनाथ खनाल पनि एमालेमा फर्कंनु हुन्छ ।’
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया