अडियो क्यारिकेचर गरियो, त्यो मेरो स्वर हैन : डा श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले सार्वजनिक भएको अडियो टेप आफ्नो नभएको दाबी गरेका छन्।
युटुबमा दिएको एक अन्तर्वार्तामा उनले उक्त अडियो टेपमा बोल्ने आफू नभएको बताएका हुन् । अरुले नै ‘क्यारिकेचर’गरेको सांसद श्रेष्ठको आरोप छ । ‘मेरो भ्वाइस टेस्ट गरियोस् । देश र विदेशमा भएका सबै ल्याबमा लगियोस्,’ उनले भने, ‘मेरो भ्वाइस मिलेको अवस्थामा म जुनसुकै कारवाही भोग्न तयार छु ।’
चुनावको तयरी गरिरहँदा नियोजित रूपमा यो अडियो सार्वजनिक भएकोसमेत उनले बताएका छन् । दुई करोडको डिल फोनमा गर्नुहुँदैन भनेर चार कक्षामा पढ्ने बालकले पनि बुझ्ने अवस्थामा आफू अछुतो नहुनेसमेत उनको दाबी छ । ‘यत्ति ठूलो रकमबारे मैले फोनमा कुरा गरौंला र?,’ उनले भने, ‘गर्नै परेको अवस्थामा भेटेरै गर्थे होला नि त ! साधारण बच्चालाई पनि यत्रो पैसाको डिल फोनबाट गर्नु हुँदैन भन्ने थाहा छ ।’
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ घुस बार्गेनिङ गरेको अडियो बाहिर आएपछि पार्टीले उनलाई निलम्बन गरिसकेको छ ।
त्यस्तै, पार्टी सभापति रवि लामिछानेलेसमेत अडियो बाहिर आउनुलाई चुनावी हतियारका रूपमा व्याख्या गरेका छन् । तर श्रेष्ठलाई सजायको भागीदार बनाउने सक्ने संकेतसहित रविले भनेका छन्, ‘आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’
हिजो चितवनको चुनावी भाषणमा पनि उनले ७२ घण्टाभित्र छानबिन गरेर दोषिलाई कारवाही गर्ने बताइसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया