दुर्गा प्रसाई भन्छन् – रास्वपाकै थप तीन जनाको अडियो सार्वजनिक गर्छु
काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईवीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।
चिया पसलदेखि संसदसम्म यही अडियोका सन्दर्भमा छलफल र बहश भइरहेको छ ।
सांसद ढाकाकुमार श्रेष्ठलाई उसको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा राखेर छानविन गरिरहेको छ ।
यसै सन्दर्भमा व्यवसायी प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टीकै थप तीन सांसदहरुको अडियो बाँकी रहेको बताएका छन् ।
उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका छन् ।
वीरगञ्जमा रहेका प्रसाईले नेपालवाचसँगको टेलिफोन सम्पर्कमा आफुसँग ७ जना अन्य सांसदहरुको यस्तै प्रकारको अडियो रहेको बताएका छन् । त्यसमध्ये रास्वपाका तीन जना सांसद रहेको बताए । प्रसाईले ढाकाकुमार श्रेष्ठ बाहेक नै तीन जना रास्वपा सांसदको अडियो रहेको दावी गरेका हुन् ।
उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘जनतामाथि कुठाराघात भएको छ । सबै भन्दा कान्छो पार्टी पनि यस्तो हालत भएपछि भण्डाफोर गरेको हुँ,’ उनले भने ।
हाँस्दै चित्रबहादुर केसी भन्छन् – सांसदले घुस खानु नौलो होईन
रविबारे के भन्छन् उनका प्रतिस्पर्धी न्यौपाने ? यस्ता छन् चुनाव जित्ने पाँच आधार
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया