NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

दुर्गा प्रसाई भन्छन् – रास्वपाकै थप तीन जनाको अडियो सार्वजनिक गर्छु

काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईवीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।

चिया पसलदेखि संसदसम्म यही अडियोका सन्दर्भमा छलफल र बहश भइरहेको छ ।

सांसद ढाकाकुमार श्रेष्ठलाई उसको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा राखेर छानविन गरिरहेको छ ।

यसै सन्दर्भमा व्यवसायी प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टीकै थप तीन सांसदहरुको अडियो बाँकी रहेको बताएका छन् ।

उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

वीरगञ्जमा रहेका प्रसाईले नेपालवाचसँगको टेलिफोन सम्पर्कमा आफुसँग ७ जना अन्य सांसदहरुको यस्तै प्रकारको अडियो रहेको बताएका छन् । त्यसमध्ये रास्वपाका तीन जना सांसद रहेको बताए । प्रसाईले ढाकाकुमार श्रेष्ठ बाहेक नै तीन जना रास्वपा सांसदको अडियो रहेको दावी गरेका हुन् ।

उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘जनतामाथि कुठाराघात भएको छ । सबै भन्दा कान्छो पार्टी पनि यस्तो हालत भएपछि भण्डाफोर गरेको हुँ,’ उनले भने ।

हाँस्दै चित्रबहादुर केसी भन्छन् – सांसदले घुस खानु नौलो होईन

रविबारे के भन्छन् उनका प्रतिस्पर्धी न्यौपाने ? यस्ता छन् चुनाव जित्ने पाँच आधार

केपी र प्रचण्डले मलाई बिद्रोही बनाए : प्रसाई