ढाकाकुमारको अडियोबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै
काठमाडौं । आफ्ना निलम्बित सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ ।
अडियो सार्वजनिकपछि रास्वपा अध्यक्ष रवि लामिछानेले यसबारे छानबिन गरेर ७२ घण्टाभित्र सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धताको समयसीमा आज सकिनै लाग्दा अनुशासन आयोगको बैठक बस्न लागेको हो ।
बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय, वसुन्धारामा बस्ने तय छ ।
रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउने निश्चित गरेको तर त्यसको लागि दुई करोड माग भएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाकाकुमारलाई सांसद् र साधारण सदस्यबाट समेत निलम्बन गरेको छ ।
तर सांसद ढाकाकुमारले भने उक्त अडियो आफ्नो नभएर फेक भएको दाबी गर्दै आएका छन् । यहीबीच ढाकाकुमारसँग जोडिएको अर्को दोस्रो अडियो पनि सार्वजनिक भएको छ । जसमा ढाकाकुमारका भाइ बताउने व्यक्तिले दुर्गा प्रसाईसँग दाइलाई बचाउन सहयोगको याचना गरेको सुन्न सकिन्छ । यद्यपि, पहिलो अडियोजस्तै यसको पनि आधिकारिकता पुष्टि हुन बाँकी छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया