NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एफएनसिसिआईको साधारणसभा आजदेखि, को बन्ला वरिष्ठ उपाध्यक्ष ?

काठमाडौं । उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को ५७ औं वार्षिक साधारणसभा आज सुरु हुँदैछ । साधारणसभाले अध्यक्षबाहेकका पदहरू चयन गर्नेछ ।

एफएनसिसिआईको विधानमा हरेक ३–३ वर्षमा साधारणसभा गर्ने प्रावधान छ । सोही प्रावधानअनुसार तीन वर्षपछि साधारणसभा आयोजना गरिएको हो ।

होटल याक एण्ड यतीमा आयोजित साधारणसभाको उद्घाटन अहिले बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

साधारणसभाले आय, व्यय विवरण, संस्थाको गतिविधि सार्वजनिकसँगै नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षको जिम्मेवारी चन्द्र ढकालले पाउँदैछन् । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने एफएनसिसिआईको विधानअनुसार, ढकाल अध्यक्ष हुन लागेका हुन् ।

वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान राखिएकाले यसमा सबैको नजर परेको छ । यस पटक यो पद पोल्टामा पार्न उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।