NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अब सरकारको सम्पूर्ण ध्यान अर्थतन्त्रलाई गतिशिल बनाउन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने जिकिर गरे ।

प्रधानमन्त्री भए लगत्तैदेखि आफूले नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको उनको भनाइ छ ।

‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ’ मंगलबार उद्योग बाणिज्य महासंघको ५७ औं साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकसँग घनिभूत छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’

लगानीको वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।