एकीकृत समाजवादीका रसुवा अध्यक्ष देवकोटा एमाले प्रवेश

काठमाडौं । एकीकृत समाजवादीका पुराना कम्युनिस्ट नेता तथा रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा एमाले प्रवेश गरेका छन् । मंगलबार देवकोटाले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
केही दिनअघि नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पार्टी परित्याग गरेका थिए ।
पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै एकीकृत समाजवादी परित्याग गर्नेको लहर ह्वात्तै बढेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया