सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य एक लाख १० हजार २५० सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँ बढेर एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया