NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ब्याजदर घटाउने निर्णयसँगै सेयर बजारमा उछाल, यी हुन् सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । बैंकहरूले निक्षेपमा ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेसँगै पुँजीबजारमा आज नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ अंकमा पुगेको छ ।

आज दुई सय ६७ वटा कम्पनीको ४७ लाख २८५ पटक खरिदबिक्री हुँदा ६१ लाख ७ हजार ४२५ कित्ता खरिदबिक्री हुँदा १ अर्ब ०७ करोड ६० लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त ६.८४, प्रतिशतले बढेको छ ।

अन्य उपसमूहरूका बैंकिङ ५.४६, विकास बैंक समूह ५.७४, होटल तथा पर्यटन ३.६७, जलविद्युत ४.९१, लगानि ४.२५, जीवन बीमा ४.७७, उत्पादन ४.९५, माइक्रोफाइनान्स ५.११, म्युचल फण्ड २.८७, नीर्जीवन ४.०९, अन्य ३.३८, र व्यापार ३.९७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार बुधबार सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सिदार्थ इक्युटी फण्ड, सिटिजन म्युचल फण्ड, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ २, अदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै कालिञ्चोक दर्शन ९.९८ र गणपत्ति लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै बुधबार एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक १.९९ प्रतिशतका दरले गुमाएका छन् । सिभिल बैंक डिवेन्चर १.१८ प्रतिशतले गुमाएका छन् ।

आजको कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ११ करोड ७१ लाख ३५ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एशिया ६ करोड २९लाख ५० हजार रूपैयाँको कारोबार भयो । हिमालय डिष्टिलरीको ६ करोड ३ लाख ३० हजार, नबिल बैंक ५ करोड ३३ लाख ८४ हजार, र अपी पावरको ४ करोड ८ लाख २८ हजार रूपैयाँको कारोबार भएको छ ।