एफएनसिसिआई निर्वाचन : अहिलेसम्म कुन पदमा को-को भए विजयी ?

काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को विभिन्न पदका लागि बुधबार सम्पन्न निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अन्तिम परिणाम आउन बाँकी पदको पनि गणना जारी छ ।
जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।
एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् । रामचन्द्र संघाई प्यानलकी श्रेष्ठ अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मतान्तरले हराउँदै विजयी बनेकी हुन् ।
वस्तुगत सदस्यहरुको अन्तिम मत परिणाम पनि सार्वजनिक भएको छ । कुल २८ जना सदस्यको प्रतिस्पर्धामा उत्रिएकोमा १४ जना निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरूमा नरेशलाल श्रेष्ठ, हरिबहादुर कार्की, शिव प्रसाद घिमिरे, लिलेन्द्रप्रसाद प्रधान, अरनिको राजभण्डारी, डा. सुबोधकुमार गुप्ता, रविन पुरी, शोभा जावाली, भक्त बहादुर हमाल, नानीराज घिमिरे, मनोज अधिकारी, कमला श्रेष्ठ, पशुपतिदेव पाण्डे र राजकुमार कार्की छन् ।
त्यसैगरी, निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमा मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, ताराबहादुर कार्की, नवीन रिजाल, उमेश डालमिया, वेदबहादुर श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, अब्दुल वाहिद मन्सुर, कल्पना गैरे, किशोर कुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कुटवाल, पुष्पराज कुंवर, अनिलकृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक केसी र लक्ष्मण राज पौडेल छन् ।
अब वरिष्ठ उपाध्यक्षको परिणाम आउन बाँकी छ । यसको पनि मतगणना चलिरहेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
आगामी कार्यकालको अध्यक्ष भने चन्द्र ढकालले सम्हाल्नेछन् । एफएनसिसिआईको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार श्रेष्ठले एफएनसिसिआईको नेतृत्व सम्हाल्न लागेका हुन् ।
प्रतिक्रिया