NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

झिनो अंकले नेप्से घट्दा यी कम्पनीले कमाए सर्वाधिक

काठमाडाैं । नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन आइतबार नेप्से झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ ।

आज दुई सय ६५ वटा कम्पनीको ३३ हजार १४९ पटक कारोबारमा ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिदबिक्री हुँदा ९७ करोड ४५ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ ।

आज चार उपसमूहबाहेक सबै समूहको उपसूचक घटेको छ। बढेका उपसमूहरूमा सबैभन्दा बढी होटल तथा पर्यटन ४.६५ प्रतिशतले बढेको छ । बैंकिङ ०.०१, जीवन बीमा ०.०९ र नीर्जीवन ०.२२ प्रतिशतले बढेको छ ।

आइतबार घटेका उपसमूहरूमा विकास बैंक ०.४१, वित्त ०.५०, जलविद्युत ०.५८, लगानी ०.३४, उत्पादन ०.५६, माइक्रोफाइनान्स ०.६६, म्युचल फण्ड ०.२१, अन्य ०.४८ र व्यापार ०.९८ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेका छ । आदर्श लघुवित्त वित्तिय संस्था र मैलुङ हाइड्रोपावरका लगानीर्कताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै आइतबार एशियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.८३ प्रतिशतका दरले गुमाएका छन् । सगरमाथा जलविद्युत ६.७६, आरबिबी म्युचल फण्ड ५.१३, माहुली लघुवित्त ४.५९ र ग्रामिण विकस लघुवित्तका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले कमाएका छन् ।

आजको कारोबार रकमको आधारमा सोल्टी होटलको सर्वाधिक ३ करोड ८९ लाख ४ हजार रूपैयाँ बराबरको कारोबार भयो ।

दोस्रोमा एनआइसी एशिया ३ करोड ६४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो । शिभम् सिमेन्ट ३ करोड १७ लाख २० हजार, हिमालय डिष्टिलरी २ करोड ७९ लाख ९४ हजार  र सगरमाथा जलविद्युत कम्पनीको २ करोड ७२ लाख ३३ हजार रूपैयाँको कारोबार भएको छ ।