भूगोल इनर्जीको आइपिओ बाँडफाँट, १० लाख १४ हजारभन्दा बढीको हात खाली

काठमाडाैं । भूगोल इनर्जीको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइसी क्यापिटलका अनुसार एक लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै भाग्यमानी ३ जनाले थप एक कित्ता सेयर पाएका छन् ।
क्यापिटलका अनुसार १० लाख १४ हजार ४५२ जनाको हात खाली भएको छ ।क्यापिटलका अनुसार भूगोल इनर्जीको आइपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको छ ।
लगानीकर्ताले आइपिओको रिजल्ट एनआइसी क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/,सिडिएसको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सक्नेछन् । रिजल्ट हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया