नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगनालाई संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा वितरण गरिएको हो।
राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ ।
ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्।
बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए।
त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए। राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए।
भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया