ज्योतिष र कर्मकाण्डको छ महिने प्रशिक्षण

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ । चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ज्योतिष र कर्मकाण्ड क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न समितिले आर्थिक वर्ष २०६६/२०६७ देखि प्रशिक्षण सुरु गरेको हो । हाल प्रशिक्षण समितिको कार्यालयस्थित नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको भवनमा सञ्चालन भइरहेको छ । बेलुकी ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण सञ्चालन हुने गर्छ ।
छ महिनामा सामान्य फलादेश र कर्मकाण्ड गर्न सक्ने जनशक्ति तयार गर्ने गरी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको कार्यक्रममा प्रशिक्षण दिने गरिएको हो । प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व र बहालवाला प्राध्यापकले प्रशिक्षण दिने गरेका छन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया