योग्यता नपुगेपछि निगमको अपरेशन विभाग प्रमुखमा घिमिरे ‘आउट’, रिजाल ‘इन’
काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेशन विभाग प्रमुखका रूपमा क्याप्टेन श्रवण रिजाल नियुक्त भएका छन् ।
यसअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त पदका लागि योग्ता नै नपुगेका अर्का क्याप्टेन उद्धव घिमिरेलाई नियुक्ति दिलाएका थिए ।
तर योग्ता नपुगेको व्यक्तिलाई उक्त नियुुक्ति दिएकोबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रश्न उठाएपछि रिजाललाई ल्याइएको हो ।
रिजाल वाइडबडी जहाजको प्रशिक्षक पाइलटसमेत हुन् ।
घिमिरेअघि उक्त विभागको नेतृत्व आर के शेरचनले सम्हालेका थिए । उनलाई हटाएर अधिकारीले घिमिरेलाई उक्त स्थान दिलाएका थिए ।
हाल शेरचनलाई निगमले निलम्बनमा राखेको छ । केही समयअघि एकजना पाइलट विरामी हुँदा कमाण्ड सम्हाल्न नसकेको भन्दै उनलाई निलम्बन गरिएको हो । दुबइ उड्नुपर्ने जहाजका क्याप्टेन विरामी परेपछि २२६ जना यात्रु अलपत्र परेका थिए ।
अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएर आएदेखि निगमको अपरेशन विभागमा चारजना प्रमुख फेरिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया