योग्यता नपुगेपछि निगमको अपरेशन विभाग प्रमुखमा घिमिरे ‘आउट’, रिजाल ‘इन’

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेशन विभाग प्रमुखका रूपमा क्याप्टेन श्रवण रिजाल नियुक्त भएका छन् ।
यसअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त पदका लागि योग्ता नै नपुगेका अर्का क्याप्टेन उद्धव घिमिरेलाई नियुक्ति दिलाएका थिए ।
तर योग्ता नपुगेको व्यक्तिलाई उक्त नियुुक्ति दिएकोबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रश्न उठाएपछि रिजाललाई ल्याइएको हो ।
रिजाल वाइडबडी जहाजको प्रशिक्षक पाइलटसमेत हुन् ।
घिमिरेअघि उक्त विभागको नेतृत्व आर के शेरचनले सम्हालेका थिए । उनलाई हटाएर अधिकारीले घिमिरेलाई उक्त स्थान दिलाएका थिए ।
हाल शेरचनलाई निगमले निलम्बनमा राखेको छ । केही समयअघि एकजना पाइलट विरामी हुँदा कमाण्ड सम्हाल्न नसकेको भन्दै उनलाई निलम्बन गरिएको हो । दुबइ उड्नुपर्ने जहाजका क्याप्टेन विरामी परेपछि २२६ जना यात्रु अलपत्र परेका थिए ।
अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएर आएदेखि निगमको अपरेशन विभागमा चारजना प्रमुख फेरिएका छन् ।
प्रतिक्रिया