NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

दिनप्रतिदिन बढ्दै काठमाडौंमा प्रदूषण, कसरी बच्ने ?

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित देशभर नै वायु प्रदूषण बढेको छ । जसले नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । आइतबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमासमेत आएको थियो ।

त्यस दिन काठमाडौंका हावाको गुणस्तर मापक सूचक (एक्यूआई)  २०८ थियो । काठमाडौंको एक्यूआइ अहिले १३९ छ । बढ्दो वायु प्रदूषणले आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी लगायत स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् । वायु प्रदुषणले नै अस्पतालमा अहिले निमोनिया, रुघाखोकी, दम, आँखा तथा घाँटी पोल्ने समस्या लिएर जानेको संख्या धेरै भएको वीर अस्पतालका छाति रोग विशेषज्ञ कमलराज थापा बताउँछन् ।

वायुप्रदूषणका असर

सामान्यतया वायु प्रदुषणले छातिसम्बन्धी समस्या बढाउने गर्छ । अझ विशेषगरी छातिमा पनि दिर्घकालिन समस्या भएकाहरुमा दमको समस्या प्रदूषले उच्च रुपमा बढाउँछ । यसै गरी, प्रदूषणले मुटुमा असर गर्छ भने आँखा रातो हुने, चिलाउने, नाक रातो हुने र पोल्ने जस्ता समस्या पनि बढाउने डाक्टर थापा बताउँछन् ।

बालबालिका र वृद्धामा जोखिम उच्च

वायू प्रदूषणले सबैमा आक्रमण गर्ने भएतापनि वृद्ध तथा बालबाबालिकामा यसले अझ बढी जोखिम गराउँछ । प्रदूषणले बालबालिकामा आँखा पोल्ने, खोकी लाग्ने जस्ता समस्या निम्याउँछ भने वृद्धवृद्धामा दमको मात्रा बढाउने, श्वास प्रश्वासमा समस्या आएर श्वास फेर्न गाह्रो बनाउने तथा खोकीको मात्रा पनि बढाउँछ ।

कसरी बच्ने 

डाक्टर थापाका अनुसार वायु प्रदूषले विशेषगरी बिहान र बेलुकी असर गर्ने हुँदा यो समय स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ । यसको लागि बिहान र साँझ शारीरिक व्यायाम गर्न बाहिर निस्कनु हुँदैन् । यसै गरी, स्वस्थ खानपान गर्नुपर्छ । जस्तै : फलफूल तथा झोलिलो खानकुरा खाने, बाहिर हिँड्दा मास्क लगाउने, धुम्रपान नगर्ने, सकेसम्म प्रदूषणको समय घरभित्रै बस्ने, भिडभाडमा नजाने र धुँवा, धुँलोबाट जोगिन सक्यौं भने यसबाट केही हदसम्म बच्न सकिन्छ । त्यस्तै, प्रदूषणले आँखा पोल्ने समस्या बढाएको हुँदा यसको लागि सफा पानीले आँखा पखाल्ने गर्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ५० भन्दा कम हुँदा यो स्वस्थकर मानिन्छ । ५१ देखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई चार सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने विशेषज्ञ बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष