NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्णालीमा कांग्रेसद्वारा तीन मन्त्रीको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।

आज बसेको कांग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा (एमाले) का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १ (१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।